×

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले महासचिव आशिष कुमार लाठको राजीनामा अस्विकृत गरेको छ । संघका अध्यक्ष अनिल कुमार अग्रवालले राजीनामा अस्विकृत गरेको यात्रा डेलीसँग पुष्ठी गरे । उनकाअनुसार आफु वीरगञ्जभन्दा बाहिर भएको समयमा संघका विषयमा केही असमझदारी भएको थियो । 

शनिवार दुवै पक्षको उपस्थितीमा सहमती भएसँगै राजीनामा अस्विकृत गर्ने निस्कर्षमा पुगेको अग्रवालले बताए । 

उनले यात्रा डेलीसँगको टेलिफोन संवादमा भने, ‘म काठमाण्डौमा थिए, केही असमझदारी भएको थियो । अहिले सँगै बसेर छलफल गरेपछि सहमती भएको छ । आज कार्यालय बिदा छ । भोली कार्यालय खुलेपछि हामी आधिकारीक रुपमा प्रक्रिया पुरा गरेर राजीनामा अस्विकृत गरेको जानकारी गराउँछौ ।’ 
 

Back to top