×

वीरगञ्ज । एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा नेपालका आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । ओपनर ब्याटर उनले ३९ बलमा ६ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । उनी ४१ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाएर आउट भए । 

उनको अर्धशतक मद्दतमा नेपालले १५.३  ओभरको खेल सकिँदा ४ विकेट गुमाएर १३६ रन बनाएको छ ।

नेपालका कुशल भुर्तेलले १२ र कप्तान रोहित पौडेलले १८ रन बनाएर आउट भए । कुशल मल्ल भने ३५ रन बनाएर आउट भए । १८ बल खेलेका उनले ३ छक्का र २ चौकाको मद्दतमा ३५ रन बनाएका हुन् ।
 

Back to top