×

इरान इजरायलमाथि शक्तिशाली आक्रमणको अन्तिम तयारीमा जुटेको छ। अमेरिकी सेनाले प्राप्त गरेको सूचनाअनुसार इरान १०० भन्दा बढी शक्तिशाली ड्रोन र दर्जनौँ मिसाइलमार्फत् एकैपटक इजरायलमाथि आक्रमण गर्ने तयारीमा जुटेको हो । 

अमेरिकी समाचार संस्था सीबीएसले आज बिहान प्रकाशित गरेको समाचारअनुसार ईरान आगामी ४८ घण्टाभित्रै इजरायलमाथि शक्तिशाली आक्रमणको तयारीमा जुटेको हो । 

इरानले १२ दिनअघि सीरियाको राजधानी दमास्कसमा इजरायली आक्रमणमा आफ्ना सैन्य अधिकारी मारिएको बदलामा इजरायलमाथि शक्तिशाली आक्रमणको कसम खाएको छ । उता अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन्। 

बाइडेनले इजरायलमाथि आक्रमण गरे अमेरिका इजरायलको प्रतिरक्षामा उत्रिने चेतावनीसमेत दिएका छन्। ‘हामी इजरायलको सुरक्षाका लागि प्रतिबद्ध छौँ, इजरायलको साथ दिन्छौँ, इजरायलको सुरक्षा गर्छौँ। इरान सफल हुन पाउने छैन’, बाइडेनले सन्देशमा भनेका छन्।

Back to top