×

वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए राति भएको खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ ।

सुरुवाती ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाउँदै १७० रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

लखनउका क्विन्टन डिकक १९, के एल राहुल ३९, देवदत्त पाडिकल ३, मार्कस स्टोइनस ८, दीपक हुडा १३ तथा कुणाल पाण्ड्या ३ रनमा पेभेलियन फर्किए । त्यस्तै निकोलस पुरन शून्य रनमा पेभेलियन फर्कंदा आयुस बधोनीले नटआउट ५५ रनको योगदान दिए भने अर्सद खान २० रनमा अविजित रहे ।

दिल्लीका लागि कुलदीप यादवले ३ विकेट लिए । खलिल अहमदले २ विकेट लिएको खेलमा इशान्त शर्मा र मुकेस कुमारले १/१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका पृथ्वी साहले ३२ रन जोडे । त्यस्तै डेभिड वार्नर ८, जेएफ मागरकले ५५ रन जोडे भने रिशव पन्त ४१ रन जोडेर आउट भए । तिर्स्तान स्टबस १५ र साइ होप ११ रनमा नटआउट रहे ।

Back to top