×

अब विस्तारै काँचो आपहरू बजारमा आउँदैछ । यस्तोमा धेरैलाई काँचो आँप सलाद, नुनखुर्सानीसँग, अचार आदि बनाएर खान एकदमै मन पर्छ ।

यसका फाइदाहरू पनि छन् । तर, आज हामी काँचो आँपका केही बेफाइदाहरू पनि छन् जसको बारेमा आज हामी बताउनेछौं-

  •  
  • काँचो आँप धेरै खाँदा पेट दुख्ने, पखाला लाग्ने तथा एसिडिटीको समस्या हुन सक्छ ।
  •  
  • काँचो आँपले एकदमै गर्मी बनाउँछ जसले गर्दा तपाईंको शरीरको गर्मी बढ्न सक्छ । यसले मुखमा घाउ आउने तथा नाकबाट रगत आउने जस्ता समस्याहरू हुन सक्छन् ।
  •  
  •  त्यस्तै काँचो आँप नियमित वा अत्यधिक सेवन गर्दा रगतमा सुगरको मात्रा घट्ने सम्भावना हुन्छ । यदी तपाईंलाई सुगरको पहिले नै समस्या छ भने काँचो आँप खानबाट बच्नुहोस् ।
  •  
  • काँचो आँप विशेषगरी दाँतका लागि पनि हानिकारक हुन्छ । यसलाई चपाएर खाँदा दाँत कुडिने तथा चपाउँदा झन्झन् महसुस हुने समस्या हुन्छ ।
  •  
  • अत्यधिक मात्रामा काँचो आँपको सेवनले घाँटी दुख्ने तथा संक्रमणको समस्या हुन सक्छ । त्यसैले सीमित मात्रामा नै यसको सेवन गर्नुपर्दछ ।
  •  
  • यदी तपाईंलाई पहिले नै रूघाखोकी लागिरहेको छ भने काँचो आँप नखानुहोस् । यसले तपाईंको समस्या अझै बढ्न सक्छ ।
Back to top