×

भारतीय गायिका अलका याग्निक अहिले ५८ वर्षकी भइसकेकी छन् । उनका पति भारतीय व्यवसायी निरज कपूर हुन् । अलकाको विवाह सन् १९८९ मा भएको थियो । अलकाकी एक छोरी स्येशा कपूर छन् ।

अलका आफ्नो विवाहको ४–५ वर्ष पछि नै श्रीमानसँग अलग बस्न थालेकी थिइन् । नीरज कपूरसँग टाढा रहनुका पछाडि कुनै लडाइँ झगडा भने थिएन ।

अलका आफ्नो कामका कारणले आफ्ना श्रीमानसँग करीब ३० वर्षदेखि टाढा बसिरहेकी छन् । अलका भारतको मुम्बईमा बस्छिन् भने उनका श्रीमान् शिलांगमा बस्छन् । उनी शिलांगमै व्यापार व्यवसाय गर्छन् त्यसैले त्यहाँ बस्छन् ।

दुवैले एकअर्काको कामको सम्मान गर्दै आफ्नो कामले जहाँ पुर्‍याउँछ त्यही बस्ने निर्णय लिएका थिए । अलकाले अहिलेसम्म एक हजार भन्दा बढी फिल्ममा २५ सय जति गीत आइसकेकी छन् ।

Back to top