×

वीरगञ्ज । एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । 

दक्षिण एसियाका ८ देशमध्ये धेरै आर्थिक वृद्धि हुनेमा नेपाल पाँचौँ स्थानमा रहेको एडीबीले जनाएको छ । बिहीबार एसियन डेभलपमेन्ट आउटलुक (एडीओ) सार्वजनिक गर्दै एडीबीले उक्त प्रक्षेपण गरेको हो ।

आगामी आर्थिक वर्षमा वृद्धिदर अझ बढेर ४.८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । यता महंगी दर समेत चालू आवमा ६.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । आगामी आवमा यस्तो दर घटेर ६ प्रतिशतमा झर्ने बताइएको छ । 

दक्षिण एसियामा चालू वर्ष सबैभन्दा बढी भारतको ७ प्रतिशत, बंगलादेशको ६.१ प्रतिशत, माल्दिभ्सको ५.४ प्रतिशत, भुटानको ४.४ प्रतिशत, नेपाल ३.६ प्रतिशत, पाकिस्तान र श्रीलंकाको समान १.९ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरिएको छ । 

एडीबीका अनुसार चालू वर्ष समग्रमा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.३ प्रतिशत र आगामी वर्ष ६.६ प्रतिशत रहनेछ । त्यसैगरी यस क्षेत्रको महंगी ७ प्रतिशत र आगामी वर्ष घटेर ५.८ प्रतिशत रहने एडीबीको प्रक्षेपण छ । 

Back to top