×

बारा । नेपाली कांग्रेसका युवा नेता लोकेश सिंहले भोजपुरी एल्बमको छायांकन (सुटिङ) को शुभारम्भ गरेका छन् ।

बाराको सिमरास्थित इच्छा होटल परिसरमा बुधबार कांग्रेस युवा नेता सिंहले हिन्दु धर्म परम्परा अनुसार पूजापाठ गरेर एल्बमको सुटिङको शुभारम्भ गरेका हुन् ।

करिब ३ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको उक्त भोजपुरी एल्बममा ८ वटा गीत रहेका छन् । धर्मेन्द्र पटेलको स्वर रहेको उक्त एल्बममा पेटलसंगै भारतीय कलाकार शिवानी यादवको मूख्य अभिनयन रहेको छ ।

एल्बमको सुटिङको शुभारम्भ गर्दै युवा नेता सिंहले समानजलाई सकरात्मक सन्देश दिने गीतसंगीतलाई बढावा दिनुपर्नेमा जोड दिए । उनले कलाकार समाज र देशको गहना भएको भन्दै उनिहरुको कलाको सम्मान गर्नुपर्नेपनि बताए ।

Back to top