×

फाइल तस्बिर ।

वीरगञ्ज । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले) का सांसद विमला घिमिरे निर्वाचित भएकी छन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेका हुन् । 

उपाध्यक्ष घिमिरेको पक्षमा ३९ मत र विपक्षमा १६ मत खसेको थियो । उनको पक्षमा बहुमत मत परेको भन्दै अध्यक्ष दाहालले निर्वाचित भएको घोषणा गरेका हुन् । सभा बैठकमा ५५ सांसदको उपस्थिति रहेको अध्यक्ष दाहालले जानकारी गराएका छन् । राष्ट्रिय सभामा कुल ५९ जना सांसद छन् । 

घिमिरेसँग नेपाली काँग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले उम्मेदवारी दिएकी थिइन् । उनको पक्षमा १६ मत र विपक्षमा ३९ मत परेको थियो । उनको पक्षमा बहुमत नआएको अध्यक्ष दाहालले बैठकलाई जानकारी गराएका थिए । 

यसअघि माओवादी केन्द्रका सांसद उर्मिला अर्याल उपाध्यक्ष रहेकी थिइन् । उनले राजनीतिक सहमतिअनुसार पदबाट राजीनामा दिएपछि उक्त पदमा आज पुनः निर्वाचन भएको हो ।

Back to top