×

वीरगञ्ज । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संसद् चल्न नदिने सरकारको नियतप्रति आशङ्का रहेको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उनले काँग्रेसले संसद् अवरोध गर्न नचाहेको बताए ।

“हामी संसद् अवरोध गर्न चाहँदैनौँ । सांसदभित्र पसेर सांसदमाथि प्रहार गर्ने ठगी गर्ने र संसद् चल्न नदिने सरकारको नियतप्रति हाम्रो आशङ्का छ । त्यसैले निष्पक्ष छानबिन गर्न संसदीय समिति माग गर्छौँ,” उनले भने । गएको पुसपछि सहकारी ठगीको कुरा सतहमा आउन थालेको बताए । 

पोखराका सुर्यदर्शन सहकारी पीडित झन् पीडित भएको उनको भनाइ छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको प्रमुखको रूपमा बोलेर दोषी उम्काउने प्रयास गरेको आरोप लगाए । 

“प्रधानमन्त्रीले गठबन्धनको प्रमुखको रूपमा जवाफ दिन थाल्नुभयो । जो दोषी थियो त्यसलाई उम्काउने देखेपछि आयोग गठन होस्,” उनले भने, “कोहीसँग ईर्ष्या र द्वेषले काम गर्न चाहँदैनौँ ।” गल्ती छैन भने छानबिन तयार होस् भन्न किन सक्दैनन् भनी प्रश्न गरे । 

फैसला सुनाउने अधिकार सरकारलाई नभएको उनले बताए । गृहमन्त्रीलाई आफ्नै मन्त्रीले पैसा डुब्यो भन्दा पनि छानबिन गर्न नसकेको बताए । “मन्त्रीले नै मेरो पैसा उठाइदिए दुई तीन लाख रुपैयाँ दिन्छु भन्नुभएछ । यो कस्तो पार्टी र सरकार रहेछ ? उनले सोधे, “पैसा उठाउँदा पनि पैसा दिने कुरा मन्त्रीले गरेको त्यो पनि हामी जवाफ चाहन्छौँ ।”

Back to top