×

हामीले दैनिक जीवनमा खानपानका लागि विभिन्न मसलाहरुको प्रयोग गर्दछौं । ती मध्ये धेरै मसला शरीरका लागि फाइदाजनक नै हुन्छन् । जसको सीमित मात्रामा सेवन गर्दा फाइदा नै गर्छ । तर गर्मी मौसम लागेसँगै केही मसलाहरु शरीरका लागि हानिकारक हुन थाल्छन् । त्यस्ता मसलाका बारेमा पनि जान्नु जरुरी हुन्छ ।

बेसार कम खाने
आमरुपमा बेसार शरीरका लागि फाइदाजनक नै हुन्छ । यसको प्रयोग हामीले दैनिक रुपमा हाम्रो भान्सामा गर्छौं । गर्मी समयमा भने बेसारको सेवन अत्यधिक गर्नु हुँदैन । एकदमै सीमित मात्रामा यसको सेवनले फाइदा पु¥याउँछ ।

ल्वांग
ल्वांगमा आयुर्वेदिक गुणहरु भरपूर मात्रामा हुन्छन् । किनकी यो धेरै पोषक तत्वहरुले भरिएको पनि हुन्छ । गर्मीको समयमा पनि यसको धेरै प्रयोगले शरीरमा विभिन्न समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ ।

अदुवा
गर्मी समयमा अदुवा धेरै सेवन गर्दा शरीरमा गर्मी बढ्न सक्छ । यसको अत्यधिक सेवनले पेट पोल्ने, दुख्ने, कब्जियत जस्ता समस्याहरु हुन सक्छन् । पाइल्सको समस्या भएकाले पनि अदुवा सेवन गर्नु हुँदैन ।

रातो खुर्सानी
त्यसो त कुनै पनि मौसममा रातो खुर्सानी शरीरका लागि हानिकारक नै मानिन्छ । अझ विशेषगरी गर्मी मौसममा रातो खुर्सानी सेवन गर्नबाट एकदमै बच्नुपर्छ ।

ज्वानो
गर्मीका दिनहरुमा ज्वानो पनि शरीरका लागि कतिपय अवस्थामा हानिकारक हुन सक्छ । धेरै नै ज्वानोको सेवनले शरीरको तापक्रम बढ्न सक्छ र पेट खराब पनि हुन सक्छ ।

Back to top