×

वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा भएको छापामारीमा नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अन्सारीका छोरा प्रबन्ध निर्देशक शाहनवाज अन्सारी पक्राउ परेका छन् ।

ल्याब (प्रयोगशाला) म्याद नाघेको केमिलकसहित औषधी बरामद भएपछि प्रहरीको टोलीले कलेजका अध्यक्ष डा. जैनुदिन अन्सारीका छोरा प्रबन्ध निर्देशक शाहनवाज अन्सारीलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए ।  एमडी अन्सारीसहित ल्याब प्राविधिक संजय साहलाई पनि पक्राउ गरिएकोे छ ।

सोमबार दिउँसो वीरगञ्ज महानगरपालिकाको बजार अनुगमन समितिले मेडिकल कलेजको ल्याब र फार्मेसीमा छापा मारेको थियो । त्यसक्रममा ल्याबमा बिरामीको उपचारमा प्रयोग भइरहेकै अवस्थामा म्याज गुज्रिएका केमिल र फार्मेसीमापनि म्याद गुज्रिएका औषधी भेटिएको अनुगमन समितिका सदस्य तथा महानगरका कार्यापालिका सदस्य कन्हैया ठाकुरले बताए । 

मेडिकल कलेजको ल्याब र फार्मेसीमा गरी म्याज गुज्रिएका ४० भन्द्या बढी प्रकारका केमिकल र औषधी बरामद गरिएको पटेलले जानकारी दिए । उनले भने,‘ ल्याबमा बिरामीको रगत परिक्षणमा प्रयोग गरिने केमिकलहरु म्याद गु्ज्रिएको भेटियो ।

फ्रिजमा राखिएका केमिकलपनि म्याज गुज्रिएको भेटियो । सन् २०२१ फेब्रुअरीमै डेट एक्स्पायर भएका केमिकलहरु भेटिए । यस्तै फार्मेसीमा पनि विभिन्न प्रकारका औषधीहरु डेट एक्स्पायर भएको फेला परर्यो ।

मेडिकल कलेजमा सोमबार छापा मार्न गएको महानगरको अनुगमन टोलीमा प्रहरी उपरक्षिक कुमोध ढुंगेलसंगै वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव मनोज दास, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव, घरेलु तथा साना उद्योग कार्यालय पर्साका सन्जय महतो, औषधी व्यवस्था विभाग, महानगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी लगायतकोपनि सहभागीता थियो ।

Back to top