×

नेपालीको हरेक घरमा चिया त अवश्य बन्छ । पाहुनालाई सत्कार गर्ने पनि चियाले नै हुन्छ । सबैलाई चिया मन पनि पर्छ । त्यसो त चिया बनाउन सजिलो नै हुन्छ । तर पनि चिया बनाउँदा धेरैले गल्ती गर्छन् जसले गर्दा चियाको स्वाद खराब हुन्छ ।

यदी तपाईंलाई पनि चिया बनाएर पिउन वा अरुलाई पिलाउन मन पर्छ भने चिया बनाउने समयमा केही कुराहरुलाई ध्यान अवश्य दिनुहोस् ।

चिया बनाउनका लागि राम्रो गुणस्तरको चियापत्तीको नै प्रयोग गर्नुहोस् । कतिपयले चियापत्ती त हो भन्ने हिसाबमा लिन्छन् तर गुणस्तरहिन चियापत्तिबाट बनेको चियाको स्वाद नै अर्कैं हुन्छ । गुणस्तर भएको चियापत्तीबाट चिया बनाउँदा त्यसको स्वाद मिठो हुनुका साथै त्यसले स्वास्थ्यमा खराबी पनि कम गर्छ ।

धेरैलाई के लाग्छ भने चियालाई जति धेरै उमाल्यो त्यति नै चियाको स्वाद बढ्छ । तर यस्तो हुँदैन चिया धेरैबेर पकाउँदा तितो हुन सक्छ । काँचो दुधले पनि चियाको स्वाद बिगार्ने गर्छ त्यसैले चिया बनाउँदा उमालेको दुधलाई नै प्रयोग गर्नुहोस् ।

धेरैले चिया छिटो बनाउनेमा मात्र ध्यान दिन्छन् जसले गर्दा चिनी पहिले नै राख्छन् । तर दुध राखेपछि जब चिया एकपटक उम्लिन्छ त्यसपछि मात्र चिनी राख्नुपर्छ ।

Back to top