×

वीरगञ्ज । राष्ट्रिय मुक्ति क्रान्ति अभियानले शनिबार कामठाण्डुमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको लाठी लागेर दुई दर्जनभन्दा बढी नेता, कार्यकर्ता घाइते भएका छन् ।

उनीहरुको खुट्टामा बढी चोट लागेको बताइएको छ । प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो । खुलामञ्च जाने भनिएको ¥याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले उनीहरूमाथि लाठी चार्ज गरेको छ । झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए ।

प्रहरीले १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको मध्ये १ जनालाई रिहा गरिसकेको छ । सो अभियानका नेता अनिल महासेठले जनाए अनुसार पक्राउ पर्नेहरुमा विशाल चित्रकार, मनोज लामा, सनम लिम्बु, रामप्रवेश साह, सन्तोष मेहता, भुवन केसी ,विजय लामा, उमेश मोक्तान र महेश लामा रहेका छन् । रोशन थापालाई प्रहरी रिहा गरिसकेको नेता महासेठले बताए ।

प्रहरीको लाठी चार्जबाट घाइते हुनेहरुमा रमण पाण्डेय, कौशल सिंह, संजय चौधरी, केशव झा, अविन लामा, र कुशल थिन रहेका छन् । त्यसैगरि श्रीधर मानन्धर ,रिशन लामा, आकाश घोस्टिङ ,कविन लामा ,विशाल योञ्जन ,मोती लाल ठाकुर ,सुमन लामा, सेमसङ लामा ,पसाङ घिसिङ ,साजन तमाङ ,प्रेम बहादुर वाइवा र सीख तबरेङ्कर घाइते भएका छन् । घायतेहरुमा करनक मियाँ, सीख मन्जिर, संजय तमाङ, प्रेम लामा ,धनबहादुर वाइवा ,चन्द्रनारायण थारु र परिचय पाडे रहेको नेता महासेठले जनाएका छन् । उनीहरुको ट्रमा सेन्टरलगायतका अस्पतालहरुमा उपचार भएको छ ।

जिल्ला प्रहरी परिसर कामाठण्डुका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार दुईजना सुरक्षाकर्मी सहित ६ जना मात्र घाइते भएका छन् । जसमध्ये ४ जना प्रदर्शनकारी र २ जना प्रहरी रहेको उनले बताए । घाइते प्रहरीमध्ये १ जनाको अवस्था गम्भीर रहेको र उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रहरीका अनुसार चार जना प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । तर प्रदर्शनकारीहरुले ९ जना प्रहरी नियन्त्रणमा रहेको दाबी गरेका छन् । महतो नेतृत्वको अभियानले नेवाः लगायत नेपालका राज्यविहीन राष्ट्रहरूमाथि कायम औपनिवेशिकताको अन्त्य गर्दै नेपाः मण्डल सहित बहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्न भन्दै वसन्तपुरमा भेला भई खुल्ला मञ्च जाने कार्यक्रम तय भएको विज्ञप्ति मार्फत जानकारी दिएको थियो । तर प्रदर्शनकारीहरुले भद्रकालीबाट खुल्ला मञ्च तर्फ नगई निषेधित क्षेत्र सिंहदरबार तर्फ बढ्न थालेपछि प्रहरीसित झडप भएको थियो । प्रदर्शनकारीहरुले सुरक्षा घेरा तोड्ने प्रयास गर्दा प्रहरीले लाठी चार्ज गरेको थियो ।

महतोले काठमाण्डुमा शक्ति प्रदर्शन गर्ने तयारी गरेका थिए । काठमाण्डु लगायतका जिल्लाहरुबाट त्यसका लािग कार्यकर्ताहरु लगिएको थियो । तर जुलुस सभा स्थल भन्दा अगावै प्रहरीसितको झडपमा फँसेपछि नेताहरुले सम्बोधन गर्ने कार्यक्रम नै बिथोलिएको थियो । अभियान थालेको घोषणासँगै यस अघि पनि महतोले काठमाण्डुको भद्रकालीबाट निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा प्रहरीले लाठी चार्ज गरेको थियो । त्यसमा नेता महतो पनि घाइते भएका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल छाडेर अभियानमा लागेका महतोलाई लोसपाका युवा नेताहरुले समेत साथ दिइरहेका छन् । उनले देशभरिका आदिवासी, जनजाति, थारु, मधेशी, दलित, मुस्लिम समुदायलाई अभियानमा ल्याउन सकृय छन् । महतोको अभियानमा नेपाल स्दभावना पार्टी र सद्भावना पार्टीलगायत दलका नेताहरु पनि सहभागी हुन थालेका छन् । तर उनी बाहेक पहिचान बनाएका कमै नेताहरुमा अभियानमा छन् ।

Back to top