×

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ३ लाख ४० हजार मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल नेतृत्वको ७ जनाको गाडी मोबाईल टोलीले भन्सार छलीका सामग्री बरामद गरेको हो । 

भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ ह ३०४६ नम्बरको अटो चेकजाँच गर्दा लुकाईछिपाई राखेको ९० हजार मूल्य बराबरको गेरबक्स र दाति फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले बताए । अटोलाई २ लाख ५० हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।

बरामद सामग्रीलाई अटोसहित वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले बताए । 
 

Back to top