×

वीरगञ्ज । सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्टले वीरगञ्जमा आफ्नो दोस्रो महाधिवेशनको आयोजना गर्ने भएको छ ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्टको महाधिवेशन आयोजक कमिटीले आज एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो ।

महाधिवेशन आयोजक कमिटीका कन्भेनर प्रकाश बाहेतीले यही २४ चैतदेखि दोस्रो महाधिवेशन हुन लागेको बताए । वीरगञ्जको क्लार्क रिसोर्टमा हुन लागेको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक कमिटीले बताए ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सहभागितामा महाधिवेशनको उद्घाटन सत्र हुने कार्यक्रमको कार्य तालिका रहेको आयोजक कमिटीले पत्रकार महासङ्घको सभा हलमा सम्मेलनमार्फत जानकारी दिएको हो । 

लायन्स क्लब इन्टरनेशनलको महाधिवेशनमा देशभरिबाट ४ सय जना भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने आयोजक कमिटीले जनाएका छन् ।

Back to top