×

वीरगञ्ज । वीरगञ्जको एक सहकारीले बचतकर्ताको रकम फिर्ता गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानीघाटस्थित पब्लिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको रकम फिर्ता गरेको हो । 

यसअघि ऋण दिने लोभमा बचतकर्तालाई दुःख दिएको खबर यात्रा डेलीले प्रकाश गरेको थियो । त्यस लगत्तै बचतकर्ताहरुले रकम फिर्ता दिलाउन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए ।

यो पनि पढ्नुहोस् : पब्लिक बचत तथा ऋण सहकारीको बदमासी, दिएन बचतकर्ताको पैसा, सञ्चालक सम्पर्कविहिन

 

सोही निवेदनको आधारमा अस्थायी प्रहरी पोस्ट रानीघाटको टोलीले दबाब दिएपछि सहकारीले रकम फिर्ता गरेको बचतकर्ता वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी दिपक महतोले बताए । मुश्किलले जम्मा गरेको ३५ हजार ६ सय रुपैयाँ फिर्ता पाउँदा उनी हर्षित मुद्रामा थिए ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी अजय कुमार मलीले पनि बचत गरेको ५३ हजार ४ सय रुपैयाँ फिर्ता पाएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाका चन्दन प्रसाद पटेलले ५७ हजार रुपैयाँ फिर्ता पाए । उनलाई बचत गरेको रकम डुब्ने चिन्ता थियो । तर अहिले प्रशासन र प्रहरीको साथ पाएर रकम पाएकोमा बचतकर्ताहरु खुशी छन् । 


 

Back to top