×

वीरगञ्ज । वडा प्रहरी कार्यालय विर्ताले चोरीको मोटरसाइकल र स्कुटीसहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरको पुजन होटल अगाडी पार्किङ्ग गरी राखिएको बिआर ०५ एम ०७९२ नम्बरको मोटरसाइकल चोरी भएको थियो । 

चैत १६ गते चोरी भएको मोटरसाइकल खोजतलाश गर्ने क्रममा सोमबार बेलुका साढे ६ बजेतिर वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ स्थित सडकखण्डमा फेला परेको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटीले बताए । उनकाअनुसार उक्त मोटरसाइकल वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ निवासी २६ वर्षीय बिजय गोसाईले चलाएर जाँदै दिए । 

त्यसैगरी चोरीको ना.१६ प २५२६ नम्बरको स्कुटी चलाउने वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ निवासी २५ वर्षीय सर्फराज अंसारीलाई पनि पक्राउ गरिएको बोगटीले बताए । बोगटीकाअनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि मोटरसाइकल र स्कुटीसहित जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । 

Back to top