अहिलेको समयमा धेरैलाई पेट बढेर दिक्क बनाइरहेको हुन्छ । जो कोहीलाई पनि पेटको बोसो घटाउन मन लाग्छ । तर कसरी सजिलै पेटको बोसो घटाउने भनेर सोंचिरहनु भएको छ भने आज हामी त्यस्तै केही उपाय बताउनेछौं । त्यस्ता तीन चीज छन् जसको सेवन गरेर पनि तपाईं आफ्नो पेटको बोसो कम गर्न सक्नुहुन्छ ।
त्रिफला पाउडर
यसको सेवन गरेर तपाईं पेटको बोसो घटाउन सक्नुहुन्छ । त्यसका लागि दैनिक रातमा एक गिलास पानी मनतातो बनाउनुहोस् । अब यसमा थोरै त्रिफला पाउडर मिसाएर पिउनुहोस् ।
त्रिफला पाउडर यसरी सेवन गर्नाले पेटको बोसो कम गर्न सहयोग हुन्छ । साथमा यसले तौल पनि कम हुन थाल्छ ।
कागती पानी
एक गिलास मनतातो पानीमा कागतीको रस मिसाउनुहोस् । यसलाई दैनिक बिहान खाली पेट सेवन गर्नाले मेटाबोलिज्म बढ्छ जसले गर्दा तौल पनि हुन्छ ।
कागतीमा सिट्रिक एसिड हुन्छ जसले शरीरको बोसो कम गर्न एकदमै फाइदाजनक सावित हुन्छ ।
अदुवा चिया
अदुवा(Ginger) चियाको सेवनले पनि पेटको बोसोलाई कम गर्न सकिन्छ । यसलाई बनाउनका लागि एक गिलास पानीमा थोरै अदुवा राखेर उमाल्नुहोस् । उक्त पानी मनतातो भएपछि कागतीको रस र मह मिसाएर पिउनुहोस् ।
यसरी तपाईं अन्य चिया पिउनुको साटो अदुवा चिया(Tea) पिउन सक्नुहुन्छ । यसले पाचन प्रणाली राम्रो हुनुका साथै मेटाबोलिज्म पनि बढाउँछ । साथमा पेटको बोसो पनि कम हुन्छ ।