×

भारतकी २२ वर्षीया अवनीत कौर एकदमै तीव्र गतिमा अगाडि बढिरहेकी छन् । सामाजिक संजालमा त उनी चर्चामा छन् नै साथमा उनले बलिउडमा पनि धाक जमाइरहेकी छन् ।

हालै मात्र अवनीतले एउटा ठूलो सफलता प्राप्त गरेकी छन् । अभिनेत्रीले निजी जेट विमान खरिद गरेकी छन्, जसको मूल्य करोडौं भारतीय रुपैयाँ पर्छ । अवनीतले केही फोटो सामाजिक संजालमा सेयर गरेकी छन् जहाँ उनी प्राइवेट जेटभित्र बसेको देखिन्छ ।

यसका साथै केही तस्वीर उनले बाहिर उभिएर पनि खिचेकी छन् । यो देखेर प्रसशंक पनि आश्चर्यचकित परेका छन् आखिर यति धेरै पैसा कहाँबाट आइरहेको छ ? एक प्रसंशकले भने, “अवनीत म्याडम, तपाईंले देखाएको यो जीवनशैली आफ्नै मेहनतले गर्नुभयो । सलाम छ तपाईंलाई ।”

अवनीत पछिल्लोपटक फिल्म ‘टिकु वेड्स शेरु’मा देखिएकी थिइन । पर्दामा उनको जोडी अभिनेता नवाजुद्दीन सिद्दीकीसँग बनेको थियो । यसबाहेक अवनीत विशेषगरी व्यक्तिगत जीवनलाई लिएर चर्चामा रहन्छिन् । केही समयअघि उनले मुम्बईमा घर खरिद गरेकोमा पनि निकै चर्चा भएको थियो ।

Back to top