×

वीरगञ्ज । मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नम्बर ७ बाहुनीबाट सशस्त्र प्रहरीले ८ लाख ७४ हजार रुपैयाँ बराबरको चाँदीको तयारी गरगहना र चाँदीको बुनिया सहित एक जनालाई पक्राउ गरेको छ। 

जिल्लाको कानेपोखरी गाउँपलिका वडा नम्बर ६ बस्ने विजय खत्रीलाई १७ केजी ९ सय ६० ग्राम चाँदीको तयारी गरगहना र चाँदीको बुनिय सहित सुरक्षा बेश बाहुनीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए । 

प्रदेश १–०२–०४९ प ७००२ नम्बरको मोटरसाइकल सवार उनले लुकाई छिपाई लैजादै गरेको अवस्थमा उनलाई १२ केजी २ सय ११ ग्राम चाँदीको गरगहनासहित नियन्त्रणमा लिइएको थियो । 

पछि उनकै सूचनाको आधारमा सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा थप ५ केजी ७ सय ४९ ग्राम चाँदीको तयारी गरगहना सुरक्षा बेस बाहुनी र सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको सुरक्षा फौजले बरामद गरेको थियो। 

बरामद चाँदीको गरगहना र चाँदीको बुनिय तथा मोटरसाइकलसहित खत्रीलाई चैत १९ गते सोमबार आवश्यक कारवाहीको लागि वरिाटनगर भन्सार कार्यालयमा बुझाइएको थापाले बताए । 

Back to top