×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । नेपाली बजारमा सोमबार नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मङ्गलवार) भने घटेको छ ।

सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Back to top