×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ४ लाख ८९ हजार ८५० रुपैयाँ मूल्य बराबरको खाद्यान्न तथा हरियो तरकारी नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा सडकखण्डबाट हरियो खुर्सानी ८८९ किलोग्राम, गोलभेडा २ हजार ३५० किलोग्राम, कटहर ३५ सय किलोग्राम बरामद गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । थापाकाअनुसार २ लाख ८१ हजार ६० रुपैयाँ बराबरको हरियो तरकारी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । 

त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयास्थित सडकखण्डबाट प्रहरीले भन्सार छलीका सामग्री बरामद गरेको छ । भारतबाट भन्सार छली गरी नेपालतर्फ अनधिकृत रुपमा ल्याउँदै गरेको अवस्थामा २३ सय किलोग्राम मैदा, १२८ किलोग्राम पापड, ६९७ मिटर सुरवाल थान कपडा बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

बरामद सामग्रीलाई २ लाख ८ हजार ७९० रुपैयाँ मूल्यांकन गरी आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए । 

Back to top