×

वीरगञ्ज । त्रिकोणात्मक टी- २० क्रिकेट सिरिजअन्तर्त भारत भ्रमणमा रहेको नेपालले आज बरोडासँग खेल्दै छ । सिरिजअन्तर्गत नेपालले दोस्रो खेल खेल्न लागेको हो ।

आज दिउँसो खेल सुरु हुँदै छ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । बरोडा भने सोमबार गुजरातसँग पराजित भएको थियो ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा र आकाश चन्द रहेका छन् ।

Back to top