×

वीरगञ्ज । बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडद्वारा उत्पादित सवारी साधन खरिद गर्ने ग्राहकका लागि सिटिजन्स बैङ्क लिमिटेडले फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ ।

नीरज अटोमोबाइल्स प्रालिले सिटिजन्स बैङ्क लिमिटेडसँग बीवाईडी कम्पनीका सवारी साधन खरिद गर्ने ग्राहकका लागि फाइनान्सिङ सुविधा उपलब्ध गराउने सम्झौता गरेको हो । नीरज अटोमोबाइल्स प्रालि बीवाईडी कम्पनीको सवारी साधनको आधिकारिक विक्रेता कम्पनी हो ।

सोमबार भएको सम्झौता पत्रमा नीरज अटोमोबाइल्सको तर्फबाट सञ्चालक आकाश सर्राफ र सिटिजन्स बैङ्कको तर्फबाट मधेस प्रदेशका पीएम नितेश खड्कीले हस्ताक्षर गरेका छन् ।

नीरज अटोमोबाइल्सले सिटिजन्स बैङ्कसँग बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडद्वारा उत्पादित विभिन्न मोडेलको विद्युतीय गाडीको फाइनान्सिङ सुविधाका लागि सम्झौता गरेको जनाएको छ । सम्झौताअनुसार ग्राहकले सिटिजन्स बैङ्क मार्फत बीवाईडी कम्पनीको गाडी खरिद गर्दा फाइनान्सिङ सुविधा प्राप्त गर्ने छन् ।

सिटिजन्स बैङ्कले न्यूनतममा १ प्रतिशत ब्याजदर थपेर बीवाईडी कम्पनीको गाडीमा ८० प्रतिशतसम्म अटो कर्जा उपलब्ध गराउने भएको छ । जहाँ ऋणको अवधि ८ वर्षको हुनेछ । ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको सिटिजन्स बैङ्क शाखामा गएर आवेदन दिन सक्नेछन् ।

Back to top