×

ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान र गर्लफ्रेण्ड सबा आजाद सँगै पार्टीमा रमाइलो गरेको तस्बिर सार्वजनिक भएको छ ।

यसमा रोचक कुरा त के छ भने उनीहरूले रमाइलो गरेको पार्टीलाई सुजैन स्वयम आयोजना गरेकी थिइन् । पार्टीको आयोजनासँगै उनले नै आफ्ना पूर्व पतिकी प्रेमिकालाई बोलाएकी थिइन् ।

पार्टीमा आफूलाई पनि बोलाएकोमा सबा आजादले सुजैनलाई धन्यवाद दिएकी छन् । इन्टाग्राममा सबाले सुजैनलाई धन्यवाद दिएकी हुन् । सबासँग रमाइलो गर्दै गरेको फोटो सुजैनले आफ्नो इन्स्टाग्राममा राखेकी छन् ।

फोटो राखेकी उनले, ‘सबा तिम्रो मायाको लागि धन्यवाद छ डार्लिङ,’ भनेर समेत लेखेकी छन् । जवाफमा सबाले पनि सो पोस्ट पुनः सेयर गर्दै, ‘अहिलेसम्मकै राम्रो समयका लागि धन्यवाद,’ लेखेकी छन् ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार सुजैनले यो पार्टी गोवामा दिएकी हुन् । उनले आफ्ना छोरा ऋहानको १८ औँ जन्मदिनमा यो पार्टी आयोजना गरेकी थिइन् । पार्टीमा ऋतिक लगायतका पारिवारिक सदस्यहरूको उपस्थिति थियो ।

Back to top