×

अभिभावकले बढ्दो उमेरमा आफ्ना बच्चाको शारीरिक तथा मानसिक विकासमा एकदमै ध्यान दिने गर्छन् तर कतिपय अवस्थामा वंशाणुगत तथा जीवनशैलीको कारणले गर्दा शारीरिक विकास सही तरिकाले हुन पाउँदैन । यस्तो अवस्थामा केही प्राकृतिक उपायहरु अपनाएर पनि बच्चाको उचाईलाई बढाउन सकिन्छ । यसबारेमा जानौं–

  • बच्चालाई स्वीमिंग सिकाउनु पर्दछ, यसको सहयोगले बच्चाको शरीर बलियो हुन्छ र उचाई पनि बढ्न थाल्छ । स्विमिंग ढाडको हड्डीका लागि पनि फाइदाजनक हुन्छ ।
  •  
  • बच्चाको बढ्दो उमेरमा उनीहरुको खानपानका विशेष ध्यान दिनुपर्ने हुन्छ । उनीहरुको खानामा क्याल्सियम, प्रोटिन, भिटामिन डी र अन्य पोषक तत्वहरु अवश्य हुनुपर्छ जसले बच्चाको शारीरिक तथा मानसिक विकासमा जोड दिन्छ ।
  •  
  •  बच्चालाई घरबाहिर खेल्न पनि प्रोत्साहित गर्नुपर्छ । अहिलेको बच्चाहरु घरभित्रै मोबाइल(Mobile), ल्यापटप, टिभी आदि हेरेर लामो समय बिताउने गर्छन् । यस्तोमा अभिभावक आफै जागरुक भएर बच्चालाई घरबाहिर प्रकृतिमा खेल्नका लागि उत्साहित गराउनु पर्छ ।
  •  
  • बच्चाले दैनिक १० घण्टाको निद्रा(sleep) अवश्य लिनुपर्दछ । राम्रो निद्राले पनि बच्चाको विकासमा एकदमै महत्वपूर्ण भूमिका खेल्छ । निद्राको क्रममा बच्चाहरुको हर्मोन्सहरुको पनि विकास हुन्छ जसले बच्चा बलियो तथा स्वस्थ रहन्छ ।
  •  
  • डोरी खेलेर पनि बच्चाको उचाई बढाउन एकदमै सहयोग हुन्छ । बच्चाहरु डोरी खेल्न एकदमै उत्साहित पनि हुन्छन् । साथमा यसले शरीरको सम्पूर्ण कसरत पनि हुन्छ ।
  •  
  • उचाई बढाउनका लागि टंगिएर गर्ने कसरत पनि फाइदाजनक हुन्छ । यसका लागि उनीहरुलाई टंगिने खालको कुनै खेल खेलाउन सक्नुहुन्छ ।
  •  
  • योग(Yoga)हरु जस्तै सूर्य नमस्कार, भुजंगासन र ताडासनको सहयोगले पनि बच्चाहरुको उचाई बढाउन सकिन्छ । नियमित रुपमा बच्चालाई यस्ता योगासनहरु गराउनुहोस् ।
Back to top