×

वीरगञ्ज । शुभ श्री जगदम्बा सिमेन्ट्स प्रालिको सहयोगमा राउन्ड टेबल नेपालले वीरगञ्जमा हेलमेट वितरण गरेको छ ।

मोटरसाइकल चलाउने चालकसँगै पछाडि बस्ने यात्रुले समेत आफ्नो सुरक्षाका निमित्त अनिवार्य रूपले हेलमेट लगाउनु पर्ने सन्देश दिने उद्देश्यले शुभ श्री जगदम्बा सिमेन्ट्स प्रालिको सहयोगमा राउन्ड टेबल नेपालले बिहीबार वीरगञ्जमा हेलमेट वितरण गरेको हो ।

वडा प्रहरी कार्यालय बिर्ता अगाडि एउटा अनौपचारिक कार्यक्रमका बिचमा सडकमा मोटरसाइकल चलाइरहेका चालकसँगै पछाडि बसेका यात्रुलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुष्कर बोगटी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख इन्स्पेक्टर भास्कर खतिवडा लगायतले हेलमेट वितरण गरेको जगदम्बा सिमेन्टक प्रतिनिधि रोहित बरनवालले जानकारी दिए ।

राउन्ड टेबल नेपालका अध्यक्ष अङ्कुर अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा एक सय थान हेलमेट वितरण गरिएको बरनवालले बताए । जगदम्बा सिमेन्टले यसअघि पनि यात्रुहरूको सुरक्षा र जागरूकताका लागी हेलमेट वितरण गर्दै आएको छ ।

Back to top