×

रणवीर कपूर नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’मा भगवान् रामको भूमिका निर्वाह गर्दैछन् । यो फिल्मबारे रणवीरका फ्यानहरूमाझ निकै बज देखिन्छ । यो फिल्ममा रणवीर कस्तो देखिएलान् भनेर हेर्न फ्यानहरू आतुर छन् । यो फिल्मका लागि अभिनेता आफैँ पनि निकै एक्साइटेड छन् ।

फिल्मकै लागि माछामासु छाडेर रणवीर शाकाहारी भएका छन् । रक्सी चुरोट त्यागेका छन् । नाइट पार्टीमा जान बन्द गरेको खबरहरू आइरहेका छन् । फिल्ममा उनी कुनै कसर बाँकी राख्न चाहँदैनन् । फिल्मका लागि उनले विशेष खालको तालिम लिन थालेका छन् । सामाजिक सञ्जालमा रणवीरको तस्बिर भाइरल भइरहेका छन् । यी तस्बिरहरूमा उनी कठोर व्यायाम गरिरहेको देखिएका छन् । फोटो रणवीरको ट्रेनरले शेयर गरेका हुन् । तस्बिरमा रणवीर टाउकोले टेकेर उभिएका छन् ।

नितेशले फिल्मका लागि एउटा डिक्शन (बोल्ने तरिका) र डाइलग एकाइ बनाएका छन् । यसले रामायणमाथि मात्रै काम गर्नेछ । फिल्ममा प्रयोग हुने परिधानहरू बनाउने काम तीव्र भइरहेको छ । फिल्मका मुख्य कलाकारहरू कस्तो देखिने, कस्तो खालको कपडा लगाउँछन् भन्नेबारे विशेष ध्यान दिइएको छ । बलिउड हंगामाको कुरा पत्याउने हो भने रामायणको सुटिङ आगामी वर्ष सुरु हुनेछ ।

फिल्ममा केही आन्तरिक विवाद चलिरहेको छ । यो विवाद सुल्झिएपछि सुटिङ सुरु खबर छ । फिल्मको सुटिङ आगामी वर्ष सुरु हुन सक्ने बताइएको छ ।  फिल्ममा रणवीर कपूर राम, साई पल्लवी सिताको भूमिकामा देखिँदै छन् । अमिताभ बच्चनले दशरथको भूमिका निर्वाह गर्न सक्ने इन्साइडरले बताएको छ । यश रावण बन्ने छन् भने सनी देओल हनुमानको भूमिकामा देखिनेछन् ।

Back to top