×

बलिउड अभिनेत्री जो सामान्य उमेर भन्दा एकदमै ढिला आमा बने । तीमध्ये कतिपयले आफ्नो गर्भपात भएको खुलासा गरेका छन् ।

यस्तै पीडा सहेकी अभिनेत्री रानी मुखर्जीले पनि आफ्नो गर्भपातलाई लिएर खुलेर बताउने गरेकी छन् । छोरी अदिराको जन्मपछि उनी फेरि गर्भवती भएकी थिइन् । तर, पछि उनको गर्भ तुहिएको थियो ।

त्यस्तै अभिनेत्री काजोलले पनि आफ्नो गर्भपतनको घटनालाई लिएर कुरा गरेकी छन् । उनको भनाईअनुसार फिल्म ‘कभी खुशी कभी गम’को रिलीजका क्रममा उनी गर्भवती थिइन् । तर, उनको मिसक्यारेज भएको थियो ।

त्यस्तै अभिनेत्री शिल्पा शेट्टीले पनि आफ्नो गर्भपात भएको बताइएकी थिइन् । पहिलोपटक गर्भवती भएको बेला नै यस्तो चोट परेकाले आफू मनदैखि टुक्रिएको समेत उनले बताएकी थिइन् ।

शाहरुख खानकी पत्नी गौरी खानले पनि आफू मिसक्यारेजको शिकार भइसकेको बताएकी थिइन् । पहिलो सन्तान आर्यन खानको जन्म अघि नै गर्भपतन भएको उनले बताइन् ।

त्यस्तै अभिनेत्री तथा बलिउडका दिग्गज दिवंगत दिलीप कुमारकी पत्नी सायरा बानो कहिल्यै आमा बन्न सकिनन् । दिलीप कुमारको बायोग्राफीमा सायराको पनि गर्भपतन भएको उल्लेख गरिएको छ ।

Back to top