×

वीरगञ्ज । चलचित्र ‘घरज्वाइँ’ छायाङ्कन सकिएको छ । गत फागुन ५ गते पूर्वी रुकुमदेखि शुरु भएको फिल्मको छायाङ्कन एक महिनामै सकिएको हो ।

अनिल बुढा मगरले निर्देशन गरेको फिल्मलाई रुकुम पूर्वको भुमे गाउँपालिका लुकुम गाउँ, पुथाउत्तर गंगा गाउँपालिकाको तकसेरा लगायतका रमणीय स्थलमा छायाङ्कन गरिएको फिल्मका सञ्चार सल्लाहकार लक्ष्मण सुवेदीले जानकारी दिए । उनकाअनुसार नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’ मगर संस्कृतिमा आधारित छ । 

दयाहाङ राई र मिरुना मगर मुख्य भुमिकामा देखिने चलचित्रको कथा निर्देशक अनिल बुढा मगरले नै लेखेका हुन् भने पटकथामा विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । घरज्वाइँलाई सुसन प्रजापतिले छायाङ्कन गरेका छन् । 

जीएम मुभी प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्र आगामी असार २८ गते प्रदर्शन मिति तय गरिएको निर्माता जनक घर्ती मगरले जानकारी दिए । 

फिरोज खड्काले मुख्य सहायक निर्देशन गरेको फिल्मको वितरण विदेशमा एमएसएम ईन्टरनेसनल र नेपालभर आरआर फिल्मसले जिम्मा लिएको छ । हर्क साउद र मनोज थापाको शब्द तथा संगीत रहेको फिल्ममा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । 

फिल्ममा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगर लगायतले अभिनय गरेका छन् । 
 

Back to top