×

वीरगञ्ज । ईस्कोन वीरगञ्जको आयोजनामा वीरगञ्जमा कडा सुरक्षाका बीच जगन्नाथ रथयात्रा निकालिएको छ । वीरगञ्जको घण्टाघरबाट निकालिएको रथयात्रा माईस्थान, महाविरस्थान, अलखियामठ, मकालु चौक, पुजन होटल कैलाश होटल हुँदै आदर्शनगरस्थित पूरानो बसपार्कमा पुगेर टुङ्गिएको थियो । 

रथयात्राका क्रममा वीरगञ्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । केही दिन अघि मात्रै वीरगञ्जमा भएको झडपका कारण कफर््यू लगाउनुपरेको हुँदा धार्मिक सद्भाव बिथोलीन नदिन ठूलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । 

रथयात्रामा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उद्योगी व्यवसायीहरु, चिकित्सक, स्थनीय अगुवाहरु, भद्रभलादमी, समाजसेवी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत हजारौँको सङख्यामा भक्तजनहरुको सहभागीता रहेको ईस्कोन वीरगञ्जका अध्यक्ष रुपसनातन दासले जानकारी दिए । उनकाअनुसार वीरगञ्जमै पहिलो पटक जगन्नाथ रथयात्रा निकालिएको हो । 
 

Back to top