×

वीरगञ्ज । साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले समूह चरणको अन्तिम खेलमा आज प्यालेस्टाइनसँग खेल्दैछ ।

समूह बीबाट यसअघि नै दुवै टोली सेमिफाइनल पुगिसकेकोले आजको खेलले समूह विजेताको निर्णय हुनेछ ।

यो खेल जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा नेपाली समय अनुसार राति १०ः४५ बजे सुरु हुनेछ ।

पहिलोपटक यस प्रतियोगिता खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४–१ र दोस्रो खेलमा इराकलाई ५–० ले पराजित गरेको थियो ।

उता प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३–० र दोस्रो खेलमा सिरियालाई १–० ले हराएको थियो ।

प्यालेस्टाइनलाई पराजित गर्दै समूह विजेता बनेमा नेपालले सेमिफाइनलमा लेवानानसँग खेल्नुपर्नेछ । यदि प्यालेस्टाइनसँग पराजित हुँदै समूह उपविजेता बनेमा समूह ए को विजेता जोर्डनको सामना गर्नुपर्नेछ ।

साविक विजेता जोर्डन समूह ए मा तीनै खेल जित्दै समूह विजेता बनेर सेमिफाइनल पुगिसकेको छ । २ खेल जितेको लेवानान समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।

Back to top