×

तस्बिर : क्यान (क्रिकेट एशोसिएशन अफ नेपाल)

वीरगञ्ज । आईसिसी विश्वकप क्रिकेट लिग–२ मा नामिबियाले नेदरल्याण्डमाथि पहिलो जित निकालेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया ४१.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३ रनमा समेटियो । २ सय ४ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको नेदरल्याण्डले ४३.५ ओभरमा सबै विकेट गुमाउँदा १७९ रन मात्र बनाउन सक्यो ।

योसँगै विश्वकप क्रिकेट लिग–२ को पहिलो सिरिजमा तीन जित निकाल्दै नामिबियाले अंक तालिकामा शीर्ष स्थान कायम गरेको छ ।

यसअघि नामिबियाले नेपालसँगका दुई खेलमा नै जित निकालेको थियो भने नेदरल्याण्डसँगको पहिलो खेलमा हारेको थियो ।

सिरिजमा नेपालले नेदरल्याण्डलाई पराजित गरेको थियो । अब सिरिजको अन्तिम खेलमा पनि नेपाल र नेदरल्याण्ड खेल्नेछन् ।

Back to top