×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सडक तथा पेटी अतिक्रमण गरेर राखिएका सामग्री हटाएको छ । वीरगञ्ज महानगरपालिकाको नगर प्रहरीले बिहिवार सडक पेटीमा राखीएका सामग्री हटाएको हो । 

वीरगञ्जको आदर्शनगर, माईस्थान हुँदै घण्टाघरसम्मका सडक क्षेत्रमा निगरानी गर्दै पेटी अतिक्रमण गरी राखिएका सामग्रीलाई हटाएको हो । 

साथै सडक पेटीमा राखीएका पसलका सामग्री बरामद गर्ने चेतावनी दिँदै पेटीमा नराख्नका लागि आग्रह गरिएको छ । अर्काे पटकदेखि आग्रहलाई बेवास्ता गरेमा कारवाही प्रक्रियामा जाने चेतावनी पनि दिइएको नगर प्रहरीले जनाएको छ । 
 

Back to top