×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक सम्पती अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा वडा नम्बर १६ का विभिन्न संरचनामा डोजर चलाइएको हो ।

कृषि तरकारी बजार, खानेपानी आयोजना तथा सार्वजनिक नहरको जग्गा अतिक्रमण गरी बनाइएका घर, ग्वास एवम् गुम्ती पसल लगायतका संरचना बिहिवार डोजर चलाएर भत्काइएको महानगर प्रमुख राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दासले जानकारी दिए ।

महानगरअन्र्तगतको भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समितिका संयोजक तथा वडा नम्बर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, वडा नम्बर १६ का वडाअध्यक्ष प्रशुराम चौरसिया, महानगर प्रमुखका राजनीतिक सल्लाहकार हरि पोखरेल, नगर प्रहरी प्रमुख हरि प्रसाद भुसाल लगायतको उपस्थितीमा अतिक्रमीत जग्गा खाली गराइएको हो । 
 

Back to top