×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलेर ल्याइएका १० लाख भन्दा बढी मूल्य बराबरको सामग्री बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईदगाह चोकस्थित सडकखण्डबाट प्रहरीले १० लाख ४ हजार ४ सय मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो ।

भारतबाट भन्सार छलेर ल्याइएको लेडिज कपडा, बिरियानी पकाउने भाँडा, तथा अन्य सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिए । 

प्रहरी नायब उपरीक्षक श्रेष्ठकाअनुसार ९४८ पिस लेडिज कुर्ता सुरवाल, ५ थान बिरियानी पकाउने भाँडा, २ पिस ठूलो भट्टी, २ थान सानो बाटी लगायतका सामग्री बरामद गरिएको हो । 
बरामद सामग्रीलाई आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । 
 

Back to top