×

तस्बिर : क्यान (क्रिकेट एशोसिएशन अफ नेपाल)

वीरगञ्ज । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियालाई नेपालले १६९ रनको लक्ष्य दिएको छ । पहिलो खेलमा चल्न नसकेको नेपालको ब्याटिङ फेरी पनि नचल्दा नेपाल १६८ रनमै समेटिएको हो । 

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ३७.१ ओभरमा १६८ रनमा समेटिएको हो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गर्नुबाहेक अन्य ब्याटरले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् ।   

राम्रो सुरुवात गर्दै छैठौ ओभरको समाप्तिमा कुनै विकेट नगुमाएको नेपालले आठौ ओभरको समाप्तिमा तीन विकेट गुमाएको थियो । नेपालको पहिलो दुई विकेट सातौ ओभरमा बर्नार्ड स्कोल्जले खसालेका थिए । ओपनिङ ब्याटर कुशल भुर्तेल १८ रन बनाएर पहिलो विकेटको रुपमा पेभेलियन फर्किएका हुन् । उनी सो ओभरको दोस्रो बलमा लेग–बिफोर–विकेट आउट भएका थिए । 

यस्तै सोहि ओभरको चौथो बलमा अनिल शाह शुन्यमा आउट हुन पुगे । अनिल नामिबियाका कप्तान जेरार्ड इरासमसद्वारा क्याच आउट भएका थिए । 

अर्का ब्याटर देव खनाललाई ज्याक ब्रासेलले आउट गरे । आठौ ओभरको अन्तिम बलमा उनी विकेटकिपर जेन ग्रिनद्वारा क्याच आउट भए । त्यसपछि आसिफ र कुशल मल्ल मिलेर चौथो विकेटका लागि ५७ रनको साझेदारी गरे । सो साझेदारी २०औ ओभरमा आसिफको विकेटपछि तोडियो । उनी स्कोल्जकै बलमा लेग–बिफोर–विकेट आउट भएका थिए ।

त्यसलगत्तै ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेल पनि २४औ ओभरमा शुन्यमा ज्यान निकोल लोफÞ्टि–इटनको बलमा आउट हुन पुगे । त्यसपछि पेभेलियन फर्किने कुशल मल्ल थिए । उनी २७औ ओभरमा जेरार्ड इरासमसको बलमा ५३ बल खेलेर १ चौका र ३ छक्का ३६ रन बनाएर सर्ट फाइन–लेगमा ब्रासेलद्वारा क्याच आउट भए ।  

 दिपेन्द्र सिंह ऐरि पनि धेरै समय क्रिजमा रहन सकेनन् । उनी १८ बल ६ रन बनाएर लोफÞ्टि–इटनको बलमा ग्रिनद्वारा स्टम्प आउट भए । सोमपाल कामी पनि ४ रन बनाएर लोफÞ्टि–इटनकै बलमा पेभेलियनको बाटो लागे ।

अर्को ओभरमा भिम शार्की स्कोल्जको बलमा ३६ बल खेल्दै २६ रन बनाएर बोल्ड आउट भए । अन्तिममा करण केसी १२ रन बनाएर लोफÞ्टि–इटनको बलमा लंग–अफमा क्याच आउट भएपछि नेपालको इनिङ समाप्त हुन पुग्यो । 

नामिबियाका लागि लोफÞ्टि–इटन र स्कोल्जले समान ४–४ विकेट लिए । स्कोल्जले १० ओभरमा २ मेडन सहित ३१ रन दिएर ४ विकेट लिएका हुन् भने लोफÞ्टि–इटनले ६.१ ओभरमा ४ विकेट लिने क्रममा ३४ रन दिए । यस्तै इरासमस र ब्रासेलले १–१ विकेट लिए ।  

पहिलो तीन खेलमा खेलाइएको पिच प्रयोग नगरी आज अर्को पिचमा खेल खेलाइएको छ । नेपालले आज प्लेइङ–११ मा १ परिवर्तन गरेको छ । करण केसीले गुलशन झाको स्थान लिएका छन् ।

Back to top