×

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले समाजका सबै पक्ष सँग सद्भाव कायम राख्न अपील गर्नु भएको छ।

परिवर्तनको साक्षी रहेको वीरगञ्ज शहरमा बाहिरबाट आएका केही असामाजिक तत्वहरुले आपसी सद्भाव भड्काउन खोजेकोमा चिन्ता व्यक्त गर्दै त्यस्ता तत्व संग सजग रहन आग्रह गर्नु भएको छ ।

राजधानीबाट आज गृह नगर वीरगञ्ज आउँदै सांसद यादवले प्रजीअ दिनेश सागर भुषाललाई आजै सोमबार सर्वपक्षीय बैठक राख्न आग्रह गरेको बताउनुभयो। 

आजै जिल्ला प्रशासन कार्यालय पर्सा मा ११:३० बजे सर्वपक्षीय बैठक बोलाइएको छ।

Back to top