×

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रका परिसूचकहरू सकारात्मक रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा उनले यस्तो बताएका हुन् । “अहिलेको अर्थतन्त्रका कतिपय सूचकहरू सकारात्मक छन् । तर, समग्रतामा चलायमान भने भइसकेको छैन,” उनले भने ।

    एक वर्षअगाडि शोधानान्तर घाटा उच्च बिन्दुमा पुगेको, विदेशी सञ्चिति न्यून बनेको, ब्याचदर उद्योग तथा व्यवसायीहरूले धान्न नसक्ने अवस्थामा बनेको भएपनि अहिलेको त्यो अवस्था नभएको उनले बताएका छन् ।

“देश ठूलै आर्थिक सङ्कटमा फस्छ कि भन्ने चिन्ता सबैमा थियो । तर, अहिले कमसेकम यी सबै सङ्कटबाट हामी मुक्त छौँ, डराउनुपर्ने अवस्था छैन,” उनले भने ।

आफूले हरेक मन्त्रालयहरूसँग सार्वजनिक सेवा प्रवाह, प्रभावकारिता र समाधनमुखी छलफल गरिरहेको उनले बताएका छन् ।

Back to top