×

वीरगञ्ज । गायिका इन्दिरा जोशिको नयाँ गीत सार्वजनिक भएको छ । राजनराज शिवाकोटी र इन्दिराको आवाजमा ‘क्यारी भेटम’ बोलको गीत सुन्न सकिन्छ । इन्दिराको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गितलाई राजेन्द्र थापाले लेखेका हुन् । गीतमा राजनराजकै संगीत संयोजन रहेको छ । 

गीतको भिडियोमा इन्दिरा आफैले अभिनय गरेकी छन् । भिडियोमा इन्दिरासँग अभिनेता प्रभात पाल ठकुरीले अभिनय गरेका छन् । विकास प्रसाई निर्देशित भिडियोमा इन्दिरा र प्रभातले एक अर्कासँग भेट्ने चाहान पुरा गर्न गरेको प्रयास देखाइएको छ ।

विकासकै सम्पादन रहेको भिडियोमा राजिव समरको कोरीयोग्राफी, राम केसिको सिनेम्याटोग्राफी र टेकेन्द्र शाहको कलर रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Back to top