×

विभिन्न माग राखेर भारतका किसानहरूले आज ‘भारत बन्द’आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान सङ्गठनहरूले संयुक्त रूपमा ‘भारत बन्द’ आह्वान गरेका हुन् ।

किसानहरूको कृषि ऋण मिनाहा हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनमा मुद्दा चलाइएका किसानहरूको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बन्दका कारण राजधानी दिल्लीसहितका राज्यहरूमा कडा सुरक्षा प्रबन्ध मिलाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

राजधानी नयाँ दिल्ली पुगेर सरकारलाई आफ्ना माग सुनाउने भन्दै किसानहरूले यही फागुन १ गतेदेखि ‘दिल्ली जाऔँ’ अभियान पनि सुरु गरेका थिए । तर विभिन्न प्रदेशहरूले नाका बन्द गरेर किसानहरूलाई रोकेका छन् ।

उनीहरू सडकमै खाने, बस्ने, सुत्ने गरिरहेका छन्। किसानहरूलाई रोक्ने क्रममा प्रहरीले ड्रोनबाट अश्रुग्याँस समेत प्रहार गरेको थियो ।

Back to top