×

वीरगञ्ज ।  नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय बनाउन पार्टी सदस्यहरुबाट कम्तिमा १०० रुपैयाँ संकलन गर्ने भएको छ ।

बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले आसन्न केन्द्रीय कमिटी बैठकमा पार्टी कार्यालय निर्माणका लागि आर्थिक सहयोग संकलनलाई पनि एजेण्डा बनाउने निर्णय गरेको हो ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले पार्टी सदस्यहरुबाट न्यूनमत १०० रुपैयाँ संकलन गर्ने प्रस्ताव लिएर जाने तयारी भइरहेको जानकारी दिए । 

Back to top