×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । नेपाली बजारमा बुधवार एकै दिन सुनको भाउ प्रतितोला १ हजार २०० रुपैयाँ घटेको छ ।

मङ्गलवार प्रतितोला ३०० रुपैयाँ घटेको सुनको भाउ आज भने अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार २०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी बुधवार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मङ्गलवार चाँदी प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

मङ्गलवारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो ।

Back to top