×

अंगुरलाई सुकाएर किसमिस बनाइन्छ । अंगुरमा ८० प्रतिशत पानी र किसमिसमा १५ प्रतिशत पानी बच्न जान्छ ।
किसमिस र अंगुर बराबर मात्रा लिँदा किसमिसको क्यालोरी धेरै हुन्छ ।

आधा कप अंगुरमा ३० क्यालोरी र किसमिसमा २५० क्यालोरी प्राप्त हुन्छ ।
किसमिस फाइबरको राम्रो स्रोत हो । यसमा आइरन तथा पोटाशियम पनि पाइन्छ ।

त्यस्तै अंगुरमा भिटामिन सी र एन्टीअक्सीडेन्ट पाइन्छ जसले छालाका सेल्सहरुलाई जवान राख्न सहयोग गर्दछ ।

नियमित सही मात्रामा अंगुरको सेवन गरेमा क्यान्सरबाट जोगिन पनि फाइदाजनक मानिन्छ ।

किसमिस र अंगुरलाई तुलना गर्दा अंगुर धेरै स्वस्थकर मानिन्छ । किनकी जुन चीजमा क्यालोरी कम र पोषक तत्वहरु धेरै हुन्छ त्यो बढी स्वस्थकर मानिन्छ ।

त्यसमा यो ताजा फल भयो भने किसमिस सुकाएर विभिन्न विधिबाट बनाइएको हुन्छ ।

Back to top