×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज ।  स्थानीय बजारमा मङ्गलवार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर कारोबार भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको छ । 

चाँदी भने सोमबारकै मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको छ ।

Back to top