×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका सबै वडामा स्वास्थ्य प्रयोगशाला निर्माण थालिएको छ ।

सामान्य स्वास्थ्य परीक्षणका लागि पनि मुख्य बजार धाइरहनुपर्ने बाध्यताको अन्त्य तथा नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्य प्रयोगशाला निर्माण थालेको हो ।

चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सुरु भएका प्रयोगशाला भवनको पूर्व मन्त्री एवम् पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सोमबार संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

त्यस अवसरमा सांसद यादवले महानगरका ग्रामीण क्षेत्रका नागरिकले अब घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बनेकामा खुसी व्यक्त गरे ।

महानगर प्रमुख सिंहले निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । महानगरका ग्रामीण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न आफू लागि रहेको भन्दै उनले त्यसमा सबैको सहयोग आवश्यक भएको बताए ।

Back to top