×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नमबर ७ मा २ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ । वडा कार्यालयसँगको सहकार्यमा यु.डी.बाई सेफ कम्प्युटर एजुकेशन वीरगञ्जको आयोजनामा तालिम सम्पन्न भएको हो । 

तालिममा सहभागीहरुलाई वडा अध्यक्ष हिराकाजी महर्जनले प्रमाण पत्र प्रदान गरेका थिए । सिकेको सीपको सदुपयोग गर्दै आफ्नो क्षमता अभिवृद्धि गर्न पनि वडाअध्यक्ष महर्जनले आग्रह गरेका छन् । अहिले कम्प्युटर शिक्षा अपरिहार्य भएको बताउँदै उनले सिक्ने क्रमलाई निरन्तरता दिन पनि विद्यार्थीहरुलाई सुझाव दिएका छन् । 

प्रशिक्षक तथा आयोजक संस्थाका सञ्चालक बंशीधर गुप्ताको अध्यक्षतामा भएको तालिम समापन समारोहमा वडा सचिव सतिश श्रीवास्तव, वडा सदस्य काशी साह तुरहा, दिपेन्द्र साह कानु, सुशिता रायमाझी क्षेत्री, पुनम कुमारी तालिम प्रशिक्षक बंशीधर गुप्ता, अभिजित चौधरी लगायतको उपस्थिती रहेको थियो ।

तालिममा ३०जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । 
 

Back to top