×

तस्बिर : क्यान (क्रिकेट एशोसिएशन अफ नेपाल)

वीरगञ्ज । मध्यक्रमका ब्याटर भीम सार्कीले ओडीआई क्रिकेटमा नेपालका लागि पहिलो शतक प्रहार गरेका छन् । क्यानडाविरुद्ध जारी ओडीआई सिरिजको तेस्रो खेलमा भीमले पहिलो अन्तर्राष्ट्रिय शतक पूरा गरेका हुन् ।

भीमले १ सय २७ बलमा १२ चौका र १ छक्का सहित शतक पूरा गरेका हुन् । उनले ७८ बलमा अर्धशतक पूरा गरेका थिए । त्यसपछि आक्रामक ब्याटिङ गरेका उनले करिअरकै पहिलो शतक पूरा गरे । शतकनजिक पुग्दा भने उनले केहि संघर्ष गरे ।

नेपालबाट शतक पूरा गर्ने भीम आठौं खेलाडी बने । उनी शतक प्रहार गर्ने दोस्रो विकेटकिपर हुन् । नेपालका लागि यसअघि रोहित पौडेल (१२६), पारस खड्का (११५), कुशल भुर्तेल (११५), आसिफ शेख (११०), कुशल मल्ल (१०८) र दीपेन्द्रसिंह ऐरी (१०५) ले शतक बनाएका थिए । अनिल शाह पनि यसै खेलमा शतक पूरा गर्दै शतक बनाउने सातौं खेलाडी बनेका थिए ।

क्यानडाले प्रस्तुत गरेको २ सय ३३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल बलियो स्थितिमा छ ।

पाँचौ ओभरमा ओपनर कुशल भुर्तेल आउट भएपछि आक्रामक सुरुवात गरेका अनिलले आफ्नो गतिमा ब्रेक लगाउनुपरेको थियो । अनिल र कुशलले पहिलो विकेटका लागि ४५ रन जोडेका थिए । कुशलले १४ बलमा ३ चौकासहित १३ रनको योगदान दिए ।

पहिलो इनिङमा क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन जोडेको थियो ।

Back to top