×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्ब। २३ सबैठवामा स्वास्थ्य प्रयोगशालाको शिलान्यास गरिएको छ । 

सामान्य स्वास्थ्य जाँचका लागि पनि मुख्य बजार धाइरहनुपर्ने बाध्यता हटाउन र नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्य प्रयोगशाला निर्माण कार्य सुरु गरेको हो । 
यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने गरि सुरु भएको प्रयोगशाला भवनको सोमबार शिलान्यास गरिएको छ । 

भवनको पूर्व मन्त्री एवं पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादब र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सयँुक्त रुपमा शिलान्यास गरेका हुन् । 

भवनको शिलान्यास गर्दै पूर्व मन्त्री एवं सांसद यादबले महानगरको ग्रामीण क्षेत्रका नागरिकले अब घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बन्न लागेको भन्दै खुशी व्यक्त गरे । 
यस्तै महानगर प्रमुख सिंहले निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए। 

महानगरको ग्रामिण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न आफुहरु लागिरहेको भन्दै उनले यसमा सबैको साथको आवश्यकता औँल्याए। 

मुल्य अभिवृद्धि करसमेत गरि ६६ लाख ५१ हजार ५ सय ३७ रुपैयाँमा निर्माण हुन लागेको प्रशोगशाला भवनको स्यारन बिजी कन्सट्रक्सन प्रा.लि.ले ठेक्का सकार गरेको छ। २२ माघ २०८० मा भएको कार्य सम्झौताअनुरुप २० असार २०८१ सम्म कार्य सम्पन्न गर्नुपर्नेछ। 

Back to top